८ मंसिर २०८१, शनिबार

उपराष्ट्रपति उम्मेदवारको विषयलाई लिएर गठबन्धनमा खटपट सुरु


सत्तारुढ १० दलीय गठबन्धन

काठमाडौँ । उपराष्ट्रपति पदको उम्मेदवारको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न नसकेको विषयलाई लिएर सत्तारुढ १० दलीय गठबन्धनमा खटपट सुरु भएको हो ।

यसअघि राष्ट्रिय सहमतिको नाममा राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न नसकेर तत्कालिन गठबन्धन टुटेको थियो भने अहिले उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न नसकेर वर्तमान गठबन्धनमा खटपट सुरु भएको हो ।

राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने सहमतिबाट कांग्रेस र माओवादी पछि हट्न खोजेको संकेत पाएपछि जसपा शशंकित भएको छ । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने समयमा राष्ट्रपति एमालेलाई दिने र प्रधानमन्त्री माओवादीलाई दिने सहमति भएपनि प्रचण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पनि शशंकित भएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले गठन्धनको तर्फबाट साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको हो । गठबन्धनमा सहमति नजुटेपछि उपपराष्ट्रपतिमा दुई जना महिला र एक जना पुरुष उम्मेदवार बन्ने भएका हुन् ।

गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट एक जना महिला र जनता समाजवादी पार्टीबाट एक जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिने भएका हुन् । गठबन्धनबाट जनमत पार्टीबाट ममता झा तथा जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने भएका हुन् ।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको छ । यता उपराष्ट्रपतिमा आफ्नो पार्टीलाई पाखा लगाउन खोजिएको संकेत पाएपछि जसपाले कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाएको छ ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धनबाट तीन जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

जसपाले बोलायो कार्यकारिणी समितिको आकस्मिक बैठक

गठबन्धनमा जुटेन सहमति : जसपा र जनमतले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

एमालेको निर्णय : अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !