६ बैशाख २०८१, बिहिबार

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक जारी


आठ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । आठ दलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो ।

बालुवाटारमा जारी बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयनबारे निर्णय गर्नेछ । यसैगरी पछिल्लो राजनितिक घटनाक्रम, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल जारी रहेको बताइएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी देखिएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेतापनि उनको उमेर नपुग्ने देखिन्छ ।

साथै उपराष्ट्रपतिमा अन्य मधेशकेन्द्रित दलहरुले समेत दाबी गरेकोले सोबारे पनि आजको जारी आठ दलीय गठबन्धनको बैठकले छलफल गर्नेछ ।उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !