२० बैशाख २०८१, बिहिबार

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद व्यक्त


आठ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षासहित निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । उनले उपराष्ट्रपतिको उम्मेदवारबारे मनोनयन अघि आठ दलको बैठक बसेर औपचारिक निर्णय गरिने उपसभापति खड्काको भनाइ छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

शुक्रबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !