४ जेष्ठ २०८१, शुक्रबार

माधवलाई भेट्न पार्टी कार्यालय पुगे सुवाससहित एमाले नेताहरु


सुवास नेम्वाङ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेट्न नेकपा (एमाले) का नेताहरु पार्टी कार्यालय पुगेका छन् । नेकपा (एमाले) का नेताहरु राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट माग्न नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् ।

आज बिहीबार मध्यान्ह एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित नेताहरु समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् । एमाले उपाध्यक्ष नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !