१४ बैशाख २०८१, शुक्रबार

एमालेका मन्त्रीले राजीनामा बुझाएपछि सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु


मन्त्रिपरिषद्को बैठक प्रचण्ड फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएपछि सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो ।

नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि सरकारमा अहिले नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी मात्र रहेका छन् ।

एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खाली भएर प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको कार्यभार आइलागेको छ । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन ।

यो पनि पढ्नुहोस्

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

प्रदेश सरकारबाट बाहिरिने विषयमा एमाले मौन

एमालेको निर्णय : सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !