८ बैशाख २०८१, शनिबार

एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने


विष्णुप्रसाद पौडेल

काठमाडौँ । नेकपा (एमाले) का मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका हुन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको नेकपा (एमाले) को सचिवालयको आकस्मिक बैठकले सरकार छाड्ने र सरकारलाई दिएको पनि समर्थन फिर्ता लिने निर्णय गरेपछि मन्त्रीहरुले राजीनामा बुझाउने भएका हुन् ।

आज बसेको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।

हिजो आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले भ्रमण रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएर सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निएन्य गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रदेश सरकारबाट बाहिरिने विषयमा एमाले मौन

एमालेको निर्णय : सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !