१२ बैशाख २०८१, बुधबार

एमालेको निर्णय : सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने


एमालेको सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छाड्ने र सरकारलाई दिएको पनि समर्थन फिर्ता भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको सचिवालयको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

आज बसेको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !