१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार आजको प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिकतर्फबाट २०७९ सालको प्रतिनिधिसभामा निर्वाचित सदस्य एवं बञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाएका शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातको कारण भक्तपुर जिल्ला अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोकप्रकट गर्दै शोकप्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !