२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले आज काँग्रेस सभापति देउवासँग छलफल गर्दै


प्रचण्ड र शेरबहादुर देउवा धुम्बाराही फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै छन् ।

राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला प्रधानमन्त्री प्रचण्डले आज काँग्रेसका सभापति देउवासँग छलफल गर्न लागेका हुन् ।

राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफल बढाएका छन् । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको र यसकै लागि प्रचण्डले देउवासँग छलफल गर्ने भएका हुन् ।

हिजो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग छलफल गरेका थिए । हिजो बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार दिउँसो एमालेका अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्ने बताएका थिए ।

उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे अझसम्म केही टुंगो नभएको पनि बताएका थिए । बिहीबार साँझ चुनावी गठबन्धन ब्यूँताउने विषयमा छलफल गर्न तीन दलका नेताहरबीच छलफल भएपनि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !