११ बैशाख २०८१, मंगलबार

वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै


बाग्मती प्रदेशसभा

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस गरिने सम्भावित कार्यसूची रहेको छ । बैठकको लागि कार्यसूची तयार गर्न आजै बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको छ ।

अघिल्लो सरकारले जारी गरेका पाँच वटा अध्यादेश वर्तमान प्रदेश सरकारले गत पुस १८ गते सदनमा पेस गरेकोमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।

वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता गरिएको छ । सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !