११ बैशाख २०८१, मंगलबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै


जसपा फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुने भएको हो ।

आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । जसपा नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल हिजोबाट सुरु गरेको छ । जसपाको हिजो काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा हिजोको बैठकमा छलफल भएको जसपाका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए । बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको उनले बताए ।

जसपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने माग गर्दै अन्य दलसँग पनि छलफल गरिरहेको छ । सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !