१४ बैशाख २०८१, शुक्रबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी


उच्चस्तरीय राजनीतिक संयन्त्र

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको हो ।

सरकार संचालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको जारी बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक जारी रहेको हो । बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल जारी रहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी रहेका छन् ।

यसअघि शुक्रबार पनि बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा अनुपस्थित रहेका थिए भने आज पनि यी तीन वटै दल संयन्त्रको बैठकमा सहभागी भएका छैनन् ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले अध्यक्ष ओली सशंकित देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि काँग्रेस नेतृत्वको सरकार बनेको छ ।

सुदूरपश्चिमबाट प्रदेश सरकारमा ‘कमब्याक’ गरेको काँग्रेसले प्रधानमन्त्री प्रचण्डले दिएको ‘ग्रीन सिग्नल’ दिंदै आएकोले संघीय सरकारमा समेत फेरबदल आउनसक्ने विश्लेषण गर्न थलिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु