२० बैशाख २०८१, बिहिबार

माओवादीको भर्चुअल केन्द्रीय समिति बैठकलाई प्रचण्डले सम्बोधन गर्दै


प्रचण्ड फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज बिहीबार साँझ ५ बजेबाट सुरु हुने केन्द्रीय समितिको भर्चुअल बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका हुन् ।

यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने छ ।

माओवादीको पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता पाएको छ । २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो । यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ ।

माओवादी केन्द्रको उपाध्यक्षमा प्रतिनिधिसभाका पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाल मनोनित भएका छन् । माओवादीमा कृष्णबहादुर महरामात्र उपाध्यक्ष रहेकोमा अब तीनजना उपाध्यक्ष भएका छन् भने बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !