११ बैशाख २०८१, मंगलबार

कांग्रेसलाई प्रमुख प्रतिपक्षीको सुविधा दिन नहुने भन्दै परेको रिटको आज सुनवाइ


सर्वोच्च अदालत

काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुँदै छ ।

नेपाली कांग्रेसलाई प्रतिपक्षी दल र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !