११ मंसिर २०८१, मंगलबार

रास्वपाको अल्टिमेटमबारे कुरा हुँदैछ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी दिएको अल्टिमेटम बारेमा आफूले कुरा गरेर समस्या समाधान हुने बताएका छन् ।

आज शनिबार माओवादीको केन्द्रीय पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएका छन् ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिने वा नदिने भन्ने बारेमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कुनै निर्णय गर्न सकेन । गृह मन्त्रालयको विवाद मिलाउन सत्ता साझेदार दलसंग कुरा जारी रहेको पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न दिएको २ दिने अल्टिमेटम आज सकिँदै छ । रास्वापाले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

माओवादीले राष्ट्रपतिमा सहमति जुटाउने, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने

गृह मन्त्रालयको विवाद टुंगो लगाउन माओवादी बैठक अनिर्णित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !