१३ बैशाख २०८१, बिहिबार

गृह मन्त्रालयको विवाद टुंगो लगाउन माओवादी बैठक अनिर्णित


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठक केही समयअघि सकिएको हो ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिने वा नदिने भन्ने बारेमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कुनै निर्णय गर्न सकेन । गृह मन्त्रालयको विवाद मिलाउन सत्ता साझेदार दलसंग कुरा जारी रहेको पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिफिङ गरेका छन् ।

बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न दिएको २ दिने अल्टिमेटम आज सकिँदै छ । रास्वापाले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !