१३ बैशाख २०८१, बिहिबार

माओवादीले राष्ट्रपतिमा सहमति जुटाउने, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने


स्थायी कमिटी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिको निर्वाचनमा भरसक सवै दलहरुबीच राष्ट्रिय सहमति जुटाउने प्रयास गर्ने नत्र भने विचार मिल्ने अन्य राजनीतिक दलहरूसँग मिलेर जाने निर्णय गरेको छ ।

आज शनिबार माओवादीको केन्द्रीय पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति जुटाउनका लागि अधिकतम प्रयास गर्ने निर्णय भएको बताएका हुन् ।

पौडेलले एमालेलाई बाहिर राख्न नखोजेको भन्दै अहिले राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताए । उनले कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको बताए ।

उनले यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको बताए । माओवादी केन्द्र राष्ट्रिय सहमतिको कुरा उठाएर काँग्रेसतिर ढल्कने सोचमा रहेको छ भने एमालेले भने सत्ता गठबन्धन बन्दा यसअघि सहमति भइसकेकोले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडान राख्दै आएको छ ।

यो पनि पढ्नुहोस्

गृह मन्त्रालयको विवाद टुंगो लगाउन माओवादी बैठक अनिर्णित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !