४ बैशाख २०८१, मंगलबार

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल आइपुगे नेपाल


मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल

काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उनी आज साँझ काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले भोलि शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने छन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !