२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र हिक्मतबहादुर कार्की तस्बिर : प्रदीप राज वन्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश१ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन् । प्रधानमन्त्री र मुख्यमन्त्रीबीच भएको भेटवार्तामा प्रदेश १ मा सरकार विस्तारलगायत समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मत लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !