११ बैशाख २०८१, मंगलबार

रविलाई ओलीको आश्वाशन : गृहबारे जे समझदारी भएको छ, त्यो कार्यान्वयन हुनुपर्छ


केपी ओली र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुरुमा प्रधानमन्त्री बनाउने समयमा सत्ता गठबन्धनमा जे समझदारी भएको थियो, त्यो कार्यान्वयन हुनुपर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय नदिने बताएपछि ओलीलाई भेट्न बालकोट पुगेका रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने भनेर लामिछानेलाई आश्वाशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए । गत पुस १० गते ओली अग्रसरता सात दलीय गठबन्धनमा भएको सहमतिअनुसार रास्वपालाई उपप्रधान एवं गृह मन्त्रालय दिने समझदारी भएको थियो ।

रविलाई नै पुन: गृहमन्त्री बनाउन एमालेले ग्रिन सिग्नल दिंदै आएको छ । आजको भेटमा ओलीले यसअघि सत्ता साझेदार दलहरुबीच भएको समझदारीअनुसार नै अघि बढ्नुपर्ने जवाफ दिएको बालकोट स्रोतले बताएको छ ।

माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म उपप्रधान एवं गृहमन्त्री नबनाउने भएको छ । माओवादीले लामिछानेको नागरिकताबारे सर्वोच्चले गत शुक्रबार गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने निष्कर्ष निकालेको हो ।

यो पनि पढ्नुहोस्

प्रचण्डले गृह मन्त्रालय नदिने भनेपछि बालकोट पुगेर ओलीलाई भेटे रविले

रविको चेतावनीबारे प्रचण्डले भने – सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा छु

सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म माओवादीले रविलाई गृहमन्त्री नबनाउने

रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउन चर्को दबाब आयो : प्रधानमन्त्री प्रचण्ड

प्रचण्डलाई रविको अल्टिमेटम : बेलुकीसम्म गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्छौं

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !