६ बैशाख २०८१, बिहिबार

रविको चेतावनीबारे प्रचण्डले भने – सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा छु


प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकेसम्म आफू गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै उनले गृह मन्त्रालयको विषयलाई लिएर आफूहरु अहिले पनि सल्लाहमै रहेको बताएका छन् ।

माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म उपप्रधान एवं गृहमन्त्री नबनाउने भएको छ । माओवादीले लामिछानेको नागरिकताबारे सर्वोच्चले गत शुक्रबार गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारी बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठकमा सर्वोच्चको फैसालको पूर्णपाठ नआएसम्म गृह आफैंले राख्ने बताएको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म माओवादीले रविलाई गृहमन्त्री नबनाउने

रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउन चर्को दबाब आयो : प्रधानमन्त्री प्रचण्ड

प्रचण्डलाई रविको अल्टिमेटम : बेलुकीसम्म गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्छौं

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !