८ बैशाख २०८१, शनिबार

प्रचण्डलाई रविको अल्टिमेटम : बेलुकीसम्म गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्छौं


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वपका सभापति लामिछाने भर्खरै बालुवाटारबाट फर्किएका छन् । आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको उपप्रधान एवं गृह मन्त्रालयमा पुनः नियुक्त गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले आज मंगलबार साँझसम्मको समयसीमा दिएको रविको सचिवालयले जनाएको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन: उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्ने बारेमा ग्रिन सिग्नल दिएनन् ।

सभापति लामिछानेले दुई दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए । यता प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीले राख्ने र आफ्ना विश्वासपात्र शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाउने समाचार आएपछि लामिछाने हानिएर बालुवाटार पुगेका थिए ।

सत्ता गठबन्धनमा यसअघि भएको सहमतिअनुसार एमाले र रास्वपाले भने रास्वपाले नै पाउनेपर्ने अडान राख्दै आएका छन् । रास्वपाले गृह मन्त्रालय आफ्नो बटमलाइन भएकोले त्यसमा कुनै पनि तलमाथि गर्न नहुने बताएको छ । रास्वपाले गृह मन्त्रालय नपाए प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने सक्नेसम्मको चेतावनी दिएको हो ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

गृहमन्त्रीमा रविको पक्षमा ओली, प्रचण्डको आँखा शक्ति बस्नेततिर

गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् – बनेपछि थाहा हुन्छ

माओवादीमा गृहमन्त्रीको बारेमा निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेद्वारा आफूलाई पुनः गृहमन्त्री बनाउन अनुरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !