१२ बैशाख २०८१, बुधबार

प्रचण्डले गृह मन्त्रालय नदिने भनेपछि बालकोट पुगेर ओलीलाई भेटे रविले


केपी ओली र रवि लामिछाने फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बालकोट पुगेर सभापति लामिछानेले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय नदिने बताएपछि लामिछानेले ओलीलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि लामिछानेले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । रविलाई नै पुन: गृहमन्त्री बनाउन एमालेले ग्रिन सिग्नल दिंदै आएको छ । ओली र लामिछानेबीच भएको भेटवार्तामा गृहमन्त्रालयको विषयमा छलफल भएको बुझिएको छ ।

माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म उपप्रधान एवं गृहमन्त्री नबनाउने भएको छ । माओवादीले लामिछानेको नागरिकताबारे सर्वोच्चले गत शुक्रबार गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने निष्कर्ष निकालेको हो ।

प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने संकेत गरेका हुन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले आजको पदाधिकारी बैठकमा लामिछानेलाई पुन: गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट चर्को दबाब आएको बताएका हुन् ।

यो पनि पढ्नुहोस्

रविको चेतावनीबारे प्रचण्डले भने – सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा छु

सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म माओवादीले रविलाई गृहमन्त्री नबनाउने

रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउन चर्को दबाब आयो : प्रधानमन्त्री प्रचण्ड

प्रचण्डलाई रविको अल्टिमेटम : बेलुकीसम्म गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्छौं

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !