८ बैशाख २०८१, शनिबार

काँग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच धुम्बाराहीमा भेटवार्ता


शेरबहादुर देउवा र भिक्टोरिया नुल्याण्ड

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ । काँग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच धुम्बाराहीमा भेटवार्ता भएको हो ।

अमेरिकी उपविदेश मन्त्री न्युल्यान्डले कांग्रेसका सभापति देउवालाई आज सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर भेटवार्ता गरेकी हुन् । भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको देउवाको सचिवालयले बताएको छ ।

सभापति देउवालाई भेट्नुअघि अमेरिकी उपविदेशमन्त्रीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरेकी थिइन् । दुई दिने नेपाल भ्रमणका लागि हिजो आइतबार काठमाडौं आएकी नुल्याण्डले अव नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबीच बालुवाटारमा भेटवार्ता

प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आइपुगिन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !