११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र भिक्टोरिया नुल्याण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो आइतबार काठमाडौं आएकी नुल्याण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उपविदेशमन्त्री भिक्टोरियासँगै उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिससमेतको भ्रमण टोली हिजो नेपाल आइपुगेको थियो । विगत ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उप-विदेशमन्त्री प्रचण्ड नेतृत्वको नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

 प्रधानमन्त्री प्रचण्ड र भिक्टोरिया नुल्याण्ड

यो पनि पढ्नुहोस्

प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आइपुगिन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !