७ बैशाख २०८१, शुक्रबार

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


माओवादी केन्द्रको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सुरु भएको हो ।

हिजो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिएको र लामिछानेले समेत भेटेर गृहमन्त्रीमा दोहोरिन चाहेपछि पार्टीमा आन्तरिक छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी सारेर पदाधिकारी बैठक बोलाएको हो ।

दोहोरो दवावमा परेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई हिजो भेटेर रास्वपाका सभापति लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

लामिछानेले गैरसांसदलाई मन्त्री बनाउने सक्ने नेपालको संविधानको धारा ७८ को रहेको प्रावधानको आधारमा पुन: आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

आजको बैठकमा संगठनात्मक विषयमा छलफल हुनुका साथै संगठनात्मक र कार्यविभाजन बाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै

प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेद्वारा आफूलाई पुनः गृहमन्त्री बनाउन अनुरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !