१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे काठमाडौँमा मेयर बालेन


प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे काठमाडौँमा मेयर बालेन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मेयर शाहबीच भेटवार्ता भएको हो ।

आज सोमबार विहानै बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड मेयर शाहबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै हिजो आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयले चासो व्यक्त नगरेपछि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेको बुझिएको छ । काठमाडौँको थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले सरकारको सहयोग माग्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !