२६ बैशाख २०८१, बुधबार

सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्छु : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्ने भएका छन् । सर्वोच्चको फैसलापछि सिंहदरवारस्थित गृह मन्त्रालयबाट बाहिरिंदै गर्दा उनले यस्तो बताएका हुन् ।

सर्वोच्चको फैसलापछि पत्रकारले राखेको जिज्ञाषामा उनले आफू अहिले अनागरिक भएको भनेर भावुक प्रतिक्रिया पनि दिएका छन् । आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा संचारकर्मीहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए ।

संचारकर्मीको जिज्ञाषाको जवाफ दिंदै उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु । म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

अब के गर्नुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

उनले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको स्पष्ट पारेका छन् । उनी निजी सवारी साधन चढेर गृह मन्त्रालयबाट बाहिरिएका छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ सर्वोच्चले रवि लामिछानेको विपक्षमा गरेको फैसला (पूर्णपाठसहित)

रवि लामिछानेको सांसद पद खारेज, उपप्रधान एवं गृहमन्त्रीबाट पनि पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !