२९ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक आज बुधबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्राय: सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेतापनि प्रधानमन्त्री प्रचण्डले आज बुधबार मन्त्रिपरिषद्को बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले आजको बैठक नियमित नै भएको बताएपनि संघीय संसद भवनअघि हिजो आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा निधन भएपछि सामाजिक संजालमा सरकारको चर्को आलोचना सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !