७ बैशाख २०८१, शुक्रबार

रास्वपाकी इन्दिरा रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


इन्दिरा रानामगर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा रानामगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट रास्वपाकी रानामगरले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।

उनलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

इन्दिरा सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् भने उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । उनले काठमाडौंको नयाँ बजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् ।

सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ भने भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ ।

यो पनि पढ्नुहोस्

रास्वपाको निर्णय : इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !