६ बैशाख २०८१, बिहिबार

रास्वपाको निर्णय : इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने


इन्दिरा राना मगर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।

इन्दिरा सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् भने उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । उनले काठमाडौंको नयाँ बजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् ।

सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ भने भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !