६ बैशाख २०८१, बिहिबार

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण


देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार सिंहदरबारस्थित संघीय संसदको सभामुखको कार्यकक्षमा पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथ लिएलगत्तै सभामुख घिमिरे सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेका सांसद रहेका घिमिरे सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उनी हिजो मात्र सभामुखमा चयन भएका थिए । आज शपथअघि आज नै उनले पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको उनले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

पार्टीको जिम्मेवारीबाट अलग भएको सभामुख घिमिरेद्वारा घोषणा

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट लिए शपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !