७ असार २०८१, शुक्रबार

विपक्षी गठबन्धनले काँग्रेसकी ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने


ईश्वरी न्यौपाने

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुख पदको लागि उम्मेदवार बनाउने भएको छ । विपक्षी गठबन्धनले काँग्रेसकी सांसद न्यौपानेले सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

न्यौपानेको प्रस्तावकमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेपाल एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।

आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको थियो । बैठकमा काँग्रेसको तर्फबाट अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंलाई उम्मेदवार बनाउने बारेमा छलफल भएको थियो ।

यता सत्ता साझेदार दल नेकपा (एमाले) का सांसद देवराज घिमिरेले सभामुखको उम्मेदवार दर्ता गरेका छन् । एमालेमा घिमिरेले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरेले उम्मेदवारी दिएका हुन् ।

झापा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार सभामुखको उम्मेदवार बनाइएको हो ।

यो पनि पढ्नुहोस्

एमालेका देवराज घिमिरेद्वारा सभामुख पदको लागि उम्मेदवारी दर्ता

सभामुखको उम्मेदवार टुंगो लगाउनुअघि देउवालाई प्रचण्डको फोन, ओली शशंकित

कांग्रेसले महिलालाई सभामुखको उम्मेदवार बनाउने, यी हुन सम्भावित अनुहारहरु

सभामुखमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

देवराज घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !