७ मंसिर २०८१, शुक्रबार

कांग्रेसले महिलालाई सभामुखको उम्मेदवार बनाउने, यी हुन सम्भावित अनुहारहरु


अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईं

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांगेसको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल भएको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ ।

यी तीन सम्भावित अनुहारमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा पार्टीको कार्यसम्पादन समितिको बैठकले चयन गर्नेछ भने दिउँसो १ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ ।

आज सभापति देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । महतले कांग्रेसले अन्य दलसँग छलफल गरेर सभामुखको उम्मेदवार टुंगो लगाउने बताए ।

यो पनि पढ्नुहोस्

सभामुखमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !