१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिंदै


शालिकराम जम्मकट्टेल

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदै छन् । बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका जमकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार मुख्यमन्त्री जम्मकट्टेलले आज मंगलबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

आज मंगलबार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । जम्मकट्टेल गत पुस २५ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पाँच दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका जमकट्टेललाई माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थन गरेका थिए । जमकट्टेललाई एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० प्रदेश सांसदको समर्थन गरेका थिए ।

११० सदस्यीय रहेको बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ३७ सिट र अर्को प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टीको ३ सिट रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !