१२ बैशाख २०८१, बुधबार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट


माधवकुमार नेपाल र मासाकी जैरा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ । जापानी संसदका सदस्य मासाकी जैरासँग आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो ।

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भयो ।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलहरुको बीचका अन्तरसम्बन्धका बारेमा छलफल भयो । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथकितासम्बन्धी सुझावको आदान प्रदान गरियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त भएको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले नेपालको विकासका लागि जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयको विकास, प्रवद्र्धन तथा संरक्षणका निम्ति जापानको भूमिका सह्रानीय रहेको र आगामी दिनमा यस्तै भूमिकाको अपेक्षाबारे चर्चा गरे ।

Madhav Nepal and Japanese Ambassador214


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !