१५ जेष्ठ २०८१, मंगलबार

मन्त्रिपरिषद्को विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै


सत्ता गठबन्धन बालुवाटार फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगो लाग्न सकेको छैन ।

प्रचण्डले हिजो बुधबार साँझ मात्र बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । यसका साथै प्रचण्ड र ओलीबीच हिजो भएको भेटवार्तामा मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल भएको बालकोट स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि जारी रहेको छ । यसरी प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !