१३ बैशाख २०८१, बिहिबार

विश्वासको मतका लागि देउवालाई फकाउन धुम्बाराही पुगे प्रचण्ड


प्रचण्ड र शेरबहादुर देउवा धुम्बाराही फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास धुम्बाराही पुगेका छन् । भोलि मंगलबार संसदबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्ड सभापति देउवालाई फकाउन धुम्बाराही पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभामा आफूलाई विश्वासको मत माग्न देउवालाई भेट्न धुम्बाराही पुगेका हुन् ।

विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड संसदको ठूलो दल कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । भोलि बिहान संसद बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा निर्णय गर्न काँग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको दावी गरेका छन् । उनले काँग्रेस लगायत सिङ्गै संसद् विश्वासको मतको पक्षमा उभिने दावी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !