पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सपथ लिएका छन् । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मुख्यमन्त्री अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आजै सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ शपथ लिएका हुन् । मुख्यमन्त्री अधिकारीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् ।
आज सपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट हरिबहादुर चुमान, नेकपा (एमाले) को तर्फबाट सीतादेवी सुन्दास र राप्रपाको तर्फबाट पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
एमालेका २२, नेकपा (माओवादी केन्द्रका) आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन गरेका छन् । अधिकारी कास्की प्रतितिसभा १ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखसमेत रहेका छन् ।
यो पनि पढ्नुहोस्