७ बैशाख २०८१, शुक्रबार

रास्वपाद्वारा प्रचण्डलाई विश्वासको मत दिन सत्ता साझेदार दललाई अनुरोध


राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन अरु सत्ता साझेदार दललाई आग्रह गरेको छ ।

आज आइतबार सिंहदरबारस्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले अन्य सत्ता साझेदार दललाई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो ।

रास्वपाले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउँदै सरकार सञ्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने निष्कर्ष निकाल्दै साझेदार दललाई पनि विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो ।

रास्वपाले गठबन्धन सरकारलाई थप मजबुद बनाउन र जनअपेक्षा अनुसार काम गर्न प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई बलियो बनाउनपर्ने निष्कर्ष निकाल्दै विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !