४ बैशाख २०८१, मंगलबार

आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता आव्हान


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान गरेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त एक सीटका लागि माघ २५ गते उपनिर्वाचनको मिति तोकिसकेकोले दल दर्ताका लागि आयोगले आव्हान गरेको हो ।

आयोगले आज आइतबार एक सूचना जारी गर्दै भोलि सोमबार पुस २५ गतेदेखि पुस २८ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची- १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको हो ।

निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरेको हो । लुम्बिनीबाट निर्वाचित एमालेका सांसद खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली रहेको छ ।

आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता आव्हान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !