४ बैशाख २०८१, मंगलबार

संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु


नयाँ बानेश्वरमा सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्ने बताइएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक पुस २५ गते सोमबार बस्ने भएको छ । बैठकमा विभिन्न राजनीतिक दलका सचेतक र संसदीय दलका प्रतिनिधिका साथै स्वतन्त्र सांसद पनि सहभागी भएका छन् ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्नेछ । बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !