८ बैशाख २०८१, शनिबार

स्वतन्त्र सांसद मगर माओवादीमै फर्किए, पुनः पार्टीमा सक्रिय हुने


प्रचण्ड र दिपेन्द्र कुमार पुन मगर

काठमाडौं । रोल्पा १(ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारि मतले विजयी भएका थिए ।

हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन् ।

उनले माओवादी केन्द्रका नेता रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सांसद वर्षमान पुन सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डबाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका छन् ।

प्रचण्ड र दिपेन्द्र कुमार पुन मगर

तस्वीर : प्रदिपराज वन्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !