८ जेष्ठ २०८१, मंगलबार

नेविसङ्घ महाधिवेशन साउन २३ देखि काठमाडौंमा


nebisangha
काठमाडौ, ३२ जेठ । नेपाल विद्यार्थी सङ्घको ११औ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौमा हुने भएको छ ।
केही दिनदेखि काग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेर आज सम्पन्न भएको सङ्घको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो ।
बैठकले सङ्घको महाधिवेशन आउादो साउनको २३ देखि २५ गतेसम्म काठमाडौाको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोतीलाल भण्डारीले जानकारी दिए ।
आगामी केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ भने पदाधिकारीको संरचनाका बारेमा टुङ्गो लगाउन कार्यदल गठन गरी जिम्मा दिइने भएको छ । रन्जित कर्णको नेतृत्वमा रहेको सङ्घको अहिलेको मनोनीत केन्ऽीय समिति १२१ सदस्यीय रहेको छ ।
चितवनमा भएको सङ्घको १०औा महाधिवेशनबाट निर्वाचित प्रदीप पौडेल नेतृत्वको केन्द्रीय समितिले पटकपटक मिति तोक्दा पनि महाधिवेशन गर्न नसकेपछि कर्णको नेतृत्वमा पार्टीले नयाा समिति गठन गरेको हो । तत्कालीन कााग्रेस सभापति सुशील कोइरालाले ६ महिनाभित्रमा सङ्घको महाधिवेशन गर्न भन्दै २०६८ सालको माघमा कर्णलाई अध्यक्षमा मनोनयन गरेका थिए ।
देशभरका विभिन्न जिल्ला समिति तथा क्याम्पस समितिमा रहेको विवाद मिलाउन छुट्टै समिति बनाउने र महाधिवेशनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति पनि गठन गर्ने निर्णय भएको भण्डारीले जानकारी दिए । झन्डै १५ जिल्लामा अझै पनि सङ्घको विवाद रहेको भनिएको छ । सातवटै प्रदेशमा असार महिना भित्रमा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्नुका साथै महागी कालोबजारी, शैक्षिक व्यापारीकरणलगायतका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने तयारी नेवि सङ्घले गरेको छ ।
भूकम्पपीडितले लामो समयसम्म पनि राहत नपाइरहेकाले जतिसक्दो चााडो राहत वितरण गर्न, मधेस आन्दोलनको माग समयमा नै पूरा गर्न, शिक्षामा लगानी कम रहेको भन्दै लगानी बढाउन दबाब दिनेलगायतका १९ बुादे निर्णय पनि बैठकले गरेको भण्डारीले जानकारी दिए । त्यस्तैगरी, सांसदहरूको तलब भत्ता बढाउने निर्णय तत्काल रोक्न र स्ववियु निर्वाचन गर्न दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।
यही जेठ २५ गतेबाट सुरु भएको बैठकमा सङ्घको नीति तथा कार्यक्रम र शैक्षिक मुद्दाहरुमा पनि गम्भीर छलफल भएको सङ्घका प्रवक्ता युपी लामिछानेले बताए। यसअघि पटकपटक मिति तोक्दै स्थगित हुदैआएको सङ्घको महाधिवेशन अब भने निर्धारित समयमै गर्नका लागि समन्वय गर्ने जिम्मेवारी पार्टीले केन्द्रीय सदस्य डा प्रकाशशरण महतलाई दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !