८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन


खगराज भट्ट

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो ।

दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले माओवादी केन्द्रका सुदूरपश्चिम इन्जार्ज तथा स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई प्रदेश सभामा संसदीय दलको नेतामा चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भट्टलाई सर्वसम्मत चयन गरेको हो । डडेल्धुरा प्रदेश सभा (१) बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !