१४ बैशाख २०८१, शुक्रबार

माओवादीको बागमती प्रदेशसभा संसदीय दलको नेतामा जम्मकट्टेल सर्वसम्मत चयन


शालिकराम जम्मकट्टेल फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । आज शनिबार काठमाडौंको एक पाटी प्यालेसमा बसेको प्रदेशसभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत रुपमा नेता चयन गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

माओवादीको बागमती प्रदेशसभा संसदीय दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी भएपनि अन्तिममा जम्मकट्टेल सर्वसम्मतिबाट चयन भएका हुन् ।

संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।

जम्मकट्टेल २०७४ सालमा बागमती प्रदेशसभा सदस्यमा धादिङबाट निर्वाचित प्रदेशको आन्तरिक मामिला र आर्थिक मामिला मन्त्री भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !