२६ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशसभा सदस्यहरुको शपथग्रहण आज हुँदै


गण्डकी प्रदेशसभा

पोखरा । गण्डकी प्रदेशसभा सदस्यहरुको शपथग्रहण कार्यक्रम आज हुँदै छ । गण्डकीका प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो ।

शपथग्रहण आज दिउँसो १ बजे हुने भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाइने पनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमालेका) २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !