८ बैशाख २०८१, शनिबार

प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौं–केरुङ रेलमार्गको अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा


चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा आइपुगेको छ ।

चिनियाँ टोली काठमाडौँमा

बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरुको विज्ञ टोली काठमाडौं आइपुगेको हो ।

चिनियाँ टोली काठमाडौँमा

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिए । चित्रकारले यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुने बताए ।

चिनियाँ टोली काठमाडौँमा

उक्त टोलीले काम सुरु गरेको ४२ महिनामा प्रस्तावित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । प्रचण्ड प्रधानमन्त्री बन्नासाथ चिनियाँ टोली नेपाल आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तस्वीर सौजन्य : नेपालस्थित चिनियाँ दूतावासको ट्वीटर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !