७ बैशाख २०८१, शुक्रबार

सांसदद्वय महिन्द्र राय यादव र रामकुमार राईले लिए शपथ


महिन्द्र राय यादव र रामकुमार राईले लिए शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ गराएका हुन् ।

शपथ समारोहमा सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए । यादव र राई कारणवश शपथ लिन छुटेका थिए ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन् । दुई सांसदले शपथ लिन बाँकी छ । सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सक्नुभएको छैन । उनीहरुले उपयुक्त समयमा शपथ लिनसक्ने सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !