१९ बैशाख २०८१, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जाँदै


विद्यादेवी भण्डारी भ्रमण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जाँदैछिन् । मोरङ उद्योग संगठनको आयोजना गर्न लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न उनी मोरङको विराटनग जान लागेकी हुन् ।

विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुने बताइएको छ । राष्ट्रपतिको सवारीलाई मध्यनजर गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा कडा व्यवस्था गरिएको छ ।

राष्ट्रपति भण्डारीले हिजो बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !